यो के भो !
कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ
टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ
यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ?
जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।
कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ
टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ
यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ?
जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।
दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु मेरा यहाँ कोही छैनन् ता पनि म बाँच्दछु जिउँने क्रममा यति बिघ्न च्यापमा परियो कि जो कोही देख्दा पनि म मुसुक्क हाँस्दछु । — (यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)
करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।
टुट्न टुट्न खोज्छ टुट्दैन फुट्न फुट्न खोज्छ फुट्दैन नाटक भन्थे हो कि क्या हो ! जुट्न जुट्न खोज्छ जुट्दैन ।
नाङ्गै भए पनि मलाई लाज लाग्दैन माग्दै खान पनि मलाई लाज लाग्दैन लाज पचाइसकेको हुँ म लाजपचुवा दुनियाँ ढाँट्न मलाई क्यै लाज लाग्दैन ।
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको…