आत्मा

आत्मा

आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा निर्वाण भनिन्छ। यसबारे विभिन्न दार्शनिक मतहरू भए पनि, आत्मा को अस्तित्वबारे मानव सभ्यताले प्राचीनकालदेखि नै खोजबिन गरिरहेको छ।

धामीको आत्मा प्रेम

(कविता) डा. नवराज सुब्बा

जपेर मन्त्र बोलाएँ तिम्रो नाम
पहाडको बतासले खबर ल्यायो
नदीले सुसायो तिम्रो आवाज
रूखका पातहरूले सुनाए तिम्रो रहस्य।

म एक्लो धामी र तिमी आत्मा
सपनामा मात्र होइन यो,
यो जन्मभन्दा उहिलेको कथा।
जब म ढ्याङ्ग्रो बजाउँछु,
तिम्रो मुटुको तालमा,
र धरती भन्छ–
“यो प्रेम प्रकृतिले लेखेको छ,
यो आत्माले आत्मालाई चिनेको छ।”

हिमालमा गएँ र हिउँका रापसित सोधेँ
मधेसका मैदानमा झरेँ र छामेँ तिम्रो सिउँदोको घाम,
जंगलका पात पात सरसराए,
र तिनीहरूले एक स्वरमा भनिदिए–
“तिम्रो प्रेम कहिल्यै मर्दैन।”

यो केवल जुनीको संगत होइन,
यो परलोकसम्मै बहने बन्धन हो,
जसरी माटोले जानीसकेको छ,
आगो, हावा र पानीको कथा।

प्रेम केवल दोधार होइन,
कुनै बाधा र दूरीले थाम्न नसक्ने प्रवाह हो यो।
हामी दुई शरीर हौँ, तर मन एउटै,
हामी दुई स्वर हौँ तर गीत एउटै।
म तिमीभित्र छु,
तिमी मेरो श्वासप्रश्वासमा छौ।म चिन्तामा बसेको छु प्रिय,
तिमी जहाँ भए पनि,
म मनमा ढ्याङ्ग्रो बजाइरहनेछु,
र प्रकृतिले मलाई बताइरहनेछ–
हामी सँगै थियौँ, छौँ र रहन्छौँ। 

Publications

Thuprai

Similar Posts

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • कम्लहरी

    कम्लहरी

    मलाई
    माघीसँग डर लाग्छ आमा !
    मलाई यो माघमा
    तिम्रो न्यानो काख छाडेर
    महाजनको घरमा
    जान पटक्कै मन छैन !

    भोक लाग्नुको अपराधमा
    आङ ढाक्न खोज्नुको सजायस्वरूप
    जानुपर्‍यो मैले परायाघर

  • चरा, तिर्खा, पानी र शहर

    – नवराज सुब्बा तिर्खाले ब्याकुल छु पानी खान आएको थिएँ तिम्रो घरमा पर्खे तर मनको ढोका खोलेनौ यही घरमा पहिले हामी बस्ने एउटा ठूलो रुख थियो ढलेछ हामीले खाने फल थियो झरेछ पानी खाने पोखरी पनि सबै सुकेछ लुकामारी गर्ने फूलका पोथ्राहरु थिए सबै मान्छेका वासस्थान शहर भएछ तिम्रो घरको छानामा पानीको भण्डार छ त्यो…