बादल र किसान

शिरमाथि
मडारिरहन्छ
कालो बादल
धम्क्याउँछे बिजुली
छाती, मुटु र कलेजोमा
निर्दयी चट्याङ लागेर
किसान कायल कायल छन्
यो वस्तिमा आँशुले निथ्रुक्क
अनि घायल मात्र छन्
गड्याङ गुडुङ …
विचरा सन्तानहरू
यो कालो बादललाई
सुख फलाउने मन्सुन ठानेर
झरीमा रुझदै रुझदै
सदियौंदेखि
दुःखी खेतीमा
जुटिरहेछन् ।

जेठ २०, २०६८ विराटनगर

जेठ २०, २०६८ विराटनगर

Similar Posts

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

Leave a Reply