उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

भाद्र ८, २०६९ विराटनगर मोरङ ।
मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट तीन स्वास्थ्य संस्थाहरु र १८ जना स्वास्थ्यकर्मीहरु पुरस्कृत भएका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अन्तर्गतका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमध्ये कार्यसम्पादनको आधारमा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, केराबारी स्वास्थ्य चौकी र बेलबारी उपस्वास्थ्य चौकी उत्कृष्ट तीनमा परेका छन् । गत आर्थिक वर्षको वार्षिक समीक्षाको अवसरमा ती तीन स्वास्थ्य संस्थाहरु लगायत १५ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
बिगत तीनवर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले यसरी नै उत्कृष्ट स्वास्थ्यकर्मी, कर्मचारी र स्वास्थ्य संस्थाहरुलाई उत्कृष्टताको आधारमा वार्षिक समीक्षाको अवसरमा पुरस्कृत गर्दै आएको जनाएको छ ।

Similar Posts

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…

  • द्वन्द्वपीडितलाई सहयोग

    माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ । युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा…

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • स्वास्थ्यचौकी भवन शिलान्यास

    माघ २८, २०६७ । मोरङ कसेनीमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । रु २३ लाख रुपैयाको लागतमा बन्ने ४ कोठेभवनको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले शिलान्यास गर्नुभयो ।

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा…

Leave a Reply