निर्मलाको नियति !

मैले
यति कुरुप आकाश
आजसम्म देखेकै थिएन ।
आज म माथिको
आकाशमा घाम छैन
जून छैन, तारा छैन
आकाशमा हावा छैन आज
वर्षा गराउने एक टुक्रा बादल छैन
उडिरहेका छैनन् आज आकाशमा चरा
परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी
पुतली या कुनै सुगन्ध छैनन्
आकाशमा त आज
बारुदको मुस्लो उडिरहेको छ
बेला बेला मेघले झैं
छातीमैं बमको चट्याङ हानेर
बमवर्षक बिमानहरु
लस्करै उत्तरदक्षिण उडिरहेछन्
यो निर्मल आकाशमा
मैले यत्ति कुरुप दृष्य
कहिल्यै सोचेकै थिइन ।
घरघरमा अगेनामा
शत्रुता बलिरहेको छ
गुनको नून बिर्सेर अर्थात्
आगो पैंचो ल्याउने लैजाने
छिमेकी बीचमा अनि
एउटै कुवाको एउटै धाराको
पानी खाने गाउँलेबीचमा
आज कुनै बेइमानले
विष घोलिदिएको छ
नयाँ चश्मा भिराइ दिएको छ
अनुहार नमिलेको निहँुमा
भाषा नमिलेको निहुँमा
भेष फरक भएको निहँुमा शत्रुता र
एक अर्कामा बद्लाभाव जन्मेको छ
यति स्वच्छ आकाशको प्रकाश
आज यति भद्दा अनि कुरुप होला भनेर
मैले जिन्दगीमा कहिल्यै सोचेको थिएन ।

नदेख्नु पर्ने कुरा देख्नलाई नै सायद
पाएका हौंला हामीले यी दुईदुई आँखा
हाम्रा बुद्धका आँखा थिए ती त खोसिए
हाम्रो प्यारो अस्मिता थियो त्यो पनि लुटियो
यस्तो लाग्छ, एउटी गरिव कोखमा जन्मेकी
कुनै अभागी युवतिको वैंश जस्तो रहेछ हाम्रो रहर
जो कुनै पनि बेला ठूलाठालूबाटै बलत्कृत हुन्छिन्
अबैध सन्तानहरू जन्मन्छन्
तर कुनै पिता देखिने छैनन्
कानूनले दिएको पिता बिनाको नागरिकताको
प्रमाणपत्र हुनेछन् हाम्रा हात हातमा
अभागी निर्मलाको आकासमा
कहिल्यै सहनाईको धून नबज्दै
एकदिन उनी बूढीआमा हुनेछिन् ।
निर्मला !
तिम्रो निधारमा
तिम्रो सिउँदोमा
तिम्रो आकाशमा
अर्थात् तिम्रो भाग्य
यति अभागी होला
यति कुरुप होला भनेर
रामाराम मैले सय मनमा
एक मन पनि सोचेको थिएन ।

भाद्र ९, २०६९ विराटनगर नेपाल ।

Similar Posts

  • मलाई कविता मनपर्छ

    कविता सुन्नु पर्ला समय बेकार जाला भनेर भागी भागी हिड्ने मान्छे म होइन म त जता जता कविता छ उता उता सोध्दै खोज्दै सुन्न जाने मान्छे

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

Leave a Reply