कदर पत्र प्रदान

२०७२ जेठ २ गते विराटनगर ।
त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका पदाधिकारीहरु, जनजाति महासंघका पदाधिकारीहरु तथा विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

KYC BRT phd sanman

Similar Posts

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • बीच बाटोमा ब्यूँझेर बिमोचन

    काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो । साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो । यो…

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • “विद्यालयमा कविता” श्रृंखला २ सम्पन्न

    असार ११, २०६७ विराटनगर । श्री मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित  “विद्यालयमा कविता” श्रृंखला २ हालै सम्पन्न भएको छ ।