नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ

४ चिनिन नभन

चिनिन नभन साथी चिन्दिनँ नभन
गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन ।

फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल
यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल
आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।

रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान
कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।
(शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download

Sabaile Dekchhan
Nepali Holi Song