जेसिज खुल्ला कविगोष्ठी

असोज १८, २०६७ विराटनगर । जेसिज सप्ताह अन्तर्गत विराटनगर जेसिजले खुल्ला प्रतियोगितात्मक कविगोष्ठीको आयोजना गर्‍यो । प्रतियोगितामा शेखर पोखरेल प्रथम, शम्भु उपाध्याय द्वितीय, निर्मला काइराला तृतीय भए । यसै गरी प्रतियोगितामा शिवनारायण पण्डित सिंगल र सुमितकुमार यादवले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार नवराज सुब्बाले बिजयी स्रष्टाहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।

करिव ३० जना स्रष्टाहरुबीच भएको प्रतियोगितात्मक कविगोष्ठीमा महाकाव्यकार सोमराज अभय, वरिष्ठ साहित्यकार बलराम पोखरेल, गण्डकीपुत्र, लावण्य सापकोटा, कविराज पोखरेल, गोकुल ब्याकुल, शुभलक्ष्मी लम्साल, माधवकुमार मुकुन्द, रामसागर अधिकारी, सविता गौतम दाहाल, दीपक सञ्चु लगायतले आ-आफ्ना अप्रतियोगी रचना प्रस्तुत गर्नुभयो ।

विराटनगर जेसिजका कैलाश खाकी श्रेण्ठको अध्यक्षतामा सम्पन्न कविगोष्ठीमा निर्णायकद्वय साहित्यकार भूषण ढुँगेल र ज्याति जंगलले बोल्नु भएको थियो । कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष अमिष रेग्मीले स्वागत र जेसिज सप्ताहका मुख्य संयोजक रोशन धौभडेल, कार्यक्रमका संयोजक भक्तराज खड्का र विराटनगर जेसिजका पूर्व अध्यक्ष देवेश प्रधानले बोल्नु भएको थियो ।

Similar Posts

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • हामी पहिले नेपाली लोकार्पण

    कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

Leave a Reply