प्रथम मारवाडी कविगोष्ठी

अक्टुबर १४, २०१० बिराटनगर नेपाल । नेपाल मारवाडी सांस्कृतिक मञ्चद्वारा विराटनगरमा प्रथम मारवाडी कविगोष्ठी आयोजना गरियो । 

 भारतीय बरिष्ठ कवि डा. परमेश्वर लाल गोयल ‘काका बिहारी’, नेपाली मारवाडी कवि भिखमचन्द सरल, लक्ष्मण नेवटिया, विश्वनाथ तोदी लगायत १२ महिला, ६ पुरुष मारवाडी स्रष्टाहरुले कविगोष्ठीमा कवितावाचन गरे । नेपालीभाषी अतिथि कविहरु नवराज सुब्बा, विवश पोखरेल र गंगा सुबेदीले पनि कविगोष्ठीमा आफ्ना रचनावाचन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा परमेश्वर गोयललाई सम्मान गरिएको थियो । कवि नवराज सुब्बाले प्रमुख अतिथिलाई नेपाली टोपी लगाइदिएर अतिथि सम्मान गर्नुभयो । हरिसिंह दुगड चेरिटेबल ट्रष्टद्वारा प्रायोजित कार्यक्रममा सभासद मोती दुगडले शुभकामना मन्तव्य दिनुभएको थियो । असोज २७, २०६७ विराटनगर नेपाल । 

Similar Posts

  • TU 41st Convocation Day

    TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.   …

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • प्रतिबिम्ब भाग- २ भिडियो विमोचित

    असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो । आफ्नो ५०…

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

Leave a Reply