अक्टुबर १४, २०१० बिराटनगर नेपाल । नेपाल मारवाडी सांस्कृतिक मञ्चद्वारा विराटनगरमा प्रथम मारवाडी कविगोष्ठी आयोजना गरियो । 

 भारतीय बरिष्ठ कवि डा. परमेश्वर लाल गोयल ‘काका बिहारी’, नेपाली मारवाडी कवि भिखमचन्द सरल, लक्ष्मण नेवटिया, विश्वनाथ तोदी लगायत १२ महिला, ६ पुरुष मारवाडी स्रष्टाहरुले कविगोष्ठीमा कवितावाचन गरे । नेपालीभाषी अतिथि कविहरु नवराज सुब्बा, विवश पोखरेल र गंगा सुबेदीले पनि कविगोष्ठीमा आफ्ना रचनावाचन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा परमेश्वर गोयललाई सम्मान गरिएको थियो । कवि नवराज सुब्बाले प्रमुख अतिथिलाई नेपाली टोपी लगाइदिएर अतिथि सम्मान गर्नुभयो । हरिसिंह दुगड चेरिटेबल ट्रष्टद्वारा प्रायोजित कार्यक्रममा सभासद मोती दुगडले शुभकामना मन्तव्य दिनुभएको थियो । असोज २७, २०६७ विराटनगर नेपाल । 

कवि नवराज सुब्बाको "बीच बाटोमा ब्यूँझेर" माथि विचार गोष्ठी
गम्भीर नवराज (राजेश्वर रेग्मी)

Leave a Comment