विराटनगर, १५ माघ । चर्चित गीतकार नवराज सुब्बाको गजल एलबम लुकेको रहरको भिडियो बजारमा आउने भएको छ ।

श्री चाँदनी फिल्मस् विराटनगरले सुब्बाको लुकेको रहर गजल एलबमको भिडियो छायाङ्कन गरि दर्शकमाझ ल्याउन लागेको हो । शनिवार भिडियोका निर्देशक केशव रायमाझीले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि उक्त जानकारी दिनु भएको हो । पूर्वाञ्चलका विभिन्न तीन स्थानमा छायाङ्कन गर्न लागिएको गीतमा शक्ति बल्लभको संगीत रहेको छ भने जगदीश समालले स्वर दिनु भएको छ ।

उक्त भिडियोमा श्यामसुन्दर कार्की, लक्ष्मी बोहरा र राजेन्द्र थपलियाले अभिनय गर्नेछन् । प्रकाश भट्टराइ सह निर्देशक रहेको भिडियोको प्रकाश ब्यवस्थापनमा खेमराज सिग्देल रहेका छन् भने छाँयाकारमा सोम मगराती हुनुहुनछ ।

कार्यक्रममा गीतका रचनाकार सुब्बाले निर्देशक र कलाकारले गीतको मर्मलाई सही ढङ्गले प्रस्तुत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

सहिदलाई सलाम
Radio Interviews

Leave a Comment