Similar Posts
शुभकामना गीत लोकार्पण
२०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।
धन्यवाद विराटनगर !
असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।
छठपर्व विदामा अनाथाश्रम
२०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर बिदा मागियो ।
फेसबुकबाट पुस्तक बिमोचन
सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…


