मन
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
आँखा चिम्लेर पोखिन्छ जब आकास
मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
आँखा चिम्लेर पोखिन्छ जब आकास
मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।
हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।