डष्टबिन
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला
थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला
कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा
सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला ।
—
जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला
थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला
कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा
सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला ।
—
जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।
टुट्न टुट्न खोज्छ टुट्दैन फुट्न फुट्न खोज्छ फुट्दैन नाटक भन्थे हो कि क्या हो ! जुट्न जुट्न खोज्छ जुट्दैन ।
नाङ्गै भए पनि मलाई लाज लाग्दैन माग्दै खान पनि मलाई लाज लाग्दैन लाज पचाइसकेको हुँ म लाजपचुवा दुनियाँ ढाँट्न मलाई क्यै लाज लाग्दैन ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।
किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।
(एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।
कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर