|

Deoralima Barpipal

नेपाली गजल एल्बम– लुकेको रहर

गजल- ८ देउरालीमा बरपिपल

देउरालीमा बरपिपल आज बसेको देखिन
सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन ।

अमर भन्ने के छ र तैपनि रहर मेटिन्न
मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन ।

लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन
दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन ।

देऊ मलाई दोष जति भारीभो कैले भन्दिन
बिलाई जान दिन्नथें तारा खसेको देखिन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी, गजल एल्बम– लुकेको रहर) Audio

Similar Posts

  • नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

    ४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन लेखक : चूडामणि बराईली विधा : अनुसन्धान प्रकाशन : २०६७ शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक, २) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक ३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक ४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा,…

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…

  • |

    Kati Sunka Kura

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ९ कति सुनका कुरा कति सुनका कुरा गरौं अब गुनका कुरा गर्मी भो प्रिय थालौ अब जूनका कुरा । चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा । आफन्त माया मारी पराय आफ्नो बनायौ दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा । छ हिसाव बाँकी अझै…

  • |

    Chadhdai Jau Shikhar

    ९ चढ्दै जाऊ शिखर चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • |

    Amulya Jiwan

    १. अमूल्य यो जीवन अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक…