नवराज सुब्वासँग फेरी भेट भयो (समालोचना) हिँडपाली साइँलो

प्रकाशक साझा प्रकाशन, संस्करण (पहिलो) एधार सय प्रति (२०६७ मा), मूल्य रु. १३५।- मुद्रक साझा प्रकाशनको छापाखाना समेत उल्लेख भएको गीत संग्रह “शहिदलाई सलाम” हेर्न पाएँ । यसमा रहेका अन्ठाउन्न वटा कृतिहरुलाई देशभक्ति र मानवतावादी गीत, बाल गीत, लोकलयमा आधारित गीत “लुङाज्यू” भाका, हास्य गीत र आधुनिक गीत खण्डहरुमा फरक फरक संख्यामा सजाइएको छ । आफ्ना कसैलाई समर्पण गर्न पाउने स्रष्टाको अधिकार हो, यसमा शहिदलाई समर्पण गरेको जनाएर विरलै स्रष्टाहरुले धानेको बिंडो नवराजले पछयाएको पाइयो ।
देशभक्ति, उच्च विचार, राष्ट्रिय एकता लगायत सिर्जनशील धारणाका रसले भरिपूर्ण छ यो सबै कृतिहरु (गीत) मा वजनदार शब्द तथा वाक्य छन् तापनि भूमिकाकार “रसिक” झैं म पनि यसभित्रका केहि उल्लेख गर्छु ।
“कसैले बोकी ल्याउन्न हामीले चाहेको संसार” त्यसैगरी “मन र हात मिलेपछि बन्दोरैछ सालिक” देखि…… धाम पानी भोक तिर्खा विसाएर पाल्यौ सम्म छ हरफको शालिकको गुनासो मन छुने नै छ । कृतिको समग्रतालाइ हेर्दा समाजका मर्महरुलाई उजागर गर्दै समाजलाई सचेत गराइ देशभक्तिले ओतप्रोत नेपाली समाजको परिकल्पना छ यसमा । गीत गाएर मनोरंजन त गर्नुस नै त्यसैमा देशभक्ति राष्ट्रिय एकता तथा हाम्रो समाजिक यथार्थ पनि संझि राख्न सहयोग गरेको छ यो सिंगो कृतिले साझा प्रकाशनका पारखीहरुले प्रकाशकीय कथन राम्रो तयार पारेछन् ।
यसरी यो कृति नियाल्ने क्रममा तीतो टर्रो पनि खोजौं । भाषा र व्याकरणको बिज्ञ म नभएकाले त्यो गहिरोमा जान्न, केवल आफ्नो क्षमता भित्र सतह तवरले हेर्दा “पग्लिओस” नभएर पग्लियोस भए हुन्थ्यो “हिमाल पग्ली” नभएर हिउँ पग्ली भैदिए हुन्थ्यो होला तथा “समालीकन” नभएर सम्हालिकन भए हुन्थ्यो होला । प्रेम गीत अर्न्तर्गत रहेको “अफाली” को अर्थ मैले बुझ्न सकिन । त्यसरी नै नियाल्दा भूमिकाकारले लेखकलाई तिमी र तपाई दुबै प्रयोग गरेको पाइयो जस्तै ……… “गीतका पंक्तिहरुमा उतार्न गीतकार सफल छन्” अर्का ठाउँमा “व्यंग्य बढी गर्नु भएको छ ।” प्रकाशक संस्था -साझा प्रकाशन) मा पारखीहरुको कमी छैन, त्यसो हुँदो ठ्याम्मै गल्ती नदेखिने गरी छापाखाना चैं लगेको थियो होला भन्ठान्छु । प्रकाशकीय कथनको अन्ततिर उल्लेखित ….प्रकाशनको अवसर दिएकामा स्रष्टाप्रति आभार जस्ता कुरातिर मलाई केहि चिन्तन गर्न मन लाग्यो । स्रष्टाहरुले दिएका कृतिहरु सबै बडो हर्षा साथ साझा प्रकाशनले छपाइ दिन्छ भन्नेमा विश्वस्त म छुइँन । संभवत यो संस्था पनि मैले पूर्व प्रकाशित कथनहरुमा उल्लेख गरेझैं राजधानी पोस्ने तथा धाउनेहरुलाइ फाल्न र फल्न दिने मै छ । म झस्केको छु, नवराजको यो कृति साझाले कसरी छापिदिएछ । प्रकाशनमा ल्याइ दिएपछि “सम्मान गरौं अधिकार जस्ता नमिलेका शब्द वाक्य तथा “जिस्काउँ…. जिस्क्याउँ” लाई के के हुनु पर्ने हो यतातिर विचार गरीदिएको भए हुन्थ्यो ।
जे भएपनि लेखकले प्रकाशक कहाँ लागि दिएर प्रकाशकले प्रकाशनमा ल्याइदिनाले हामीले हेर्न पाएको हुँदा दुबै थरिलाई धन्यवाद छ । प्रथमतः साझा बाँचोस् र नेपाली नागरिक स्रष्टाहरु जो सुकैका कृतिहरु प्रकाशनमा ल्याइरहोस् शुभकामना पनि छ । नवराज जस्ता सबै नेपाली स्रष्टाहरुको वेग कुनै पनि अवस्थामा मन्द नहोस् । उनकै एउटा गीतमा छ नि-
छ शुभकामना तिम्रो यात्रामा
मंगल रहोस् जीवन यात्रामा ।
यो समीक्षात्मक कथा विसाउँने अवस्थामा पनि म यो कृतिमा रहेको एउटा गीतबाट दुइ हरफ उल्लेख गर्छु-
रहेछ गाह्रो बचाइराख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान ।
पुष्पाञ्जली साप्ताहिक, वर्ष२९, अंक ३२, २०६८ साल जेष्ठ २२ गते आईतवार

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply