प्रेमील तीन मुक्तक

नवराज सुब्बा
— एक —
अब एक्लै यसरी आफैसित रुँदिन
नहेर एकोहोरो अब म तिम्रो हुँदिन
बिन्ति आँखा नजुधाऊ प्रिय मसित
यी हातले अब तिम्रो तस्बीर छुँदिन ।
— दुई —
तस्वीरमा झैं म सधैं राम्रो भएको भए
कवितामा झैं यौवन नओइलाएको भए
प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय !
तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।
— तीन —
नदिमा नबगेको अलिकति पानी छ
जतासुकै हत्तपत्त नमिसिने बानी छ
त्यति नपोखिएको सायद चुहिएको
कुनै बेला गर्नलार्ई मसित कुराकानी छ ।

Similar Posts

  • मुक्तक-2

    किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

  • यो के भो !

    कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

  • सरकार !

    (एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

Leave a Reply