फूलको ओंठमा फुलेकोछु

फूलको ओंठमा फुलेकोछु
पुतली भइ उडि आऊ
पर्खिरहेछु जुनेली रातमा
वतास भइ छाम्न आऊ ।

मेरो छाति पहाडको
भत्किरहने पहिरो जस्तो
मेरो आशा कुमारीको
झरिरहने बर्को जस्तो ।

किन रुन्छन् फूलहरू
झर्छन् किन ताराहरू
सारा रंग धुलो बनि
छोप्छन किन आस्थाहरू ।

बसेको छु म सधैं पर्खेर
खोज्यौ कि तिमीले मलाई
कति बस्नु आशै आशमा
बोकि बैंश कि भागौं कतै ।

३० चैत्र २०६२, विराटनगर नेपाल ।

Similar Posts

  • खेलकूद –गीत

    जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई जस्तो छाती देशको नाम राख्नेछौं हातमा झण्डा बोकी । सगरमाथा काखमा सधैं हाम्रो माया छ मेची काली झैं बग्ने नरित्तिने माया छ ।

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

  • असारेगीत

    धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो…

  • गीत

    पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन…

  • शहीदलाई सलाम !

    (गीत)

     शहीदलाई सलाम !

    – नवराज सुब्बा

    सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
    देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

     

    देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ

Leave a Reply