धान रोप्न साथी हो खेततिर जाऔं
खेल्ने बेला हैन एैले काम गर्न जाऔं ।

हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ
गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ ।

दुःख गरौं असारमा धान फल्छ हेर
मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर ।

माना खाई मुरी फल्ने राम्रो मौका हो यो
बिदा भयो स्कुल पनि समाऊ कोदालो यो ।

“सहिदलाई सलाम” २०६७ बाट

Free health camp especially for women
असार १५ डायरी

Leave a Comment