सबैभन्दा धेरै मलाई देशको माया लाग्छ
मेरा सन्तान भनी रुने देशको माया लाग्छ ।

प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल
सुन्दरताको नाना खानी यही“ नै छ विशाल
परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ
सबैजना मिलिजुली हिंड्न मन लाग्छ ।

म त जान्न परदेश गाउघर बिर्सी
जन्मिएको हुर्कीएको देशबाट उठी
यो देशलाई झिलिमिली बनाउने मन छ
अठोटलाई व्यवहारमा देखाउने मन छ ।

Active Surveillance of Avian Influenza in Jhapa
उज्यालोको खेती

Leave a Comment