चालै नपाइ फक्रिएको फूल मनपर्छ
जानी जानी गरेको भूल मन पर्छ ।

वसन्तमा छरिएर मुस्काउने आशा
नशा साँच्चै लागेछ तिमी देख्छु जता
तिम्रै केशमा सिउरेको फूल मन पर्छ
जानी जानी गरेको भूल मन पर्छ ।

नसल्काऊ मुटु मेरो बल्या दियोसँगै
तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै
अझै हान तीर मलाई शूल मन पर्छ
जानी जानी गरेको भूल मन पर्छ ।

गुरुकुलमा साहित्यिक भेटघाट
समय र घडीहरू

Leave a Comment