(कविता)
– नवराज सुब्बा

घरमै बसेर म युद्ध लडिरहेछु
अस्पतालमा सुतेर युद्ध लडिरहेछु
शुभकामना मोबाइलमा छाम्दै
कोरोनायुद्धमा साथ दिइरहेछु ।

दुस्मन आफ्नै नाकमा पसेको छ
दुस्मन आफ्नै हातमा बसेको छ
मान्छे शत्रु देख्ने रोग छ आँखामा
कोरोना सुनेरै मान्छे ढलेको छ ।

रोगविरुद्ध चौमुखे चक्रव्यूहमा छु
रोग, भोक, शोक,त्रासले घेरियाछु
संक्रमित मर्ने बाँच्ने हिसाब टिप्दै
लकडाउनको दिनगिन्ति गन्दो छु ।

बाँचे पनि मुख देखाउन नपाइने
मरेपछि त झन् लास हेर्नै नपाइने
क्रियाकर्म धर्मकर्म गर्न भो गाहो
युद्धमा नयाँ सामान्य भो चाहिने ।

नमस्ते चलाउँ हात नमिलाउँ
हाय हेलो ठिक छ गला नमिलाउँ
हटाउँ अनावश्यक भेला भोज मोज
लौ अनलाइनमा अब बानी बसाउँ ।

 

A Corona-melted Heart
The need for Embossed Numbering