रचना

  • |

    नेपाली वंशावली र इतिहासलेखन: एकआलोचनात्मक विश्लेषण

    डा. नवराज सुब्बा परिचय नेपालको इतिहास निर्माणमा वंशावलीको ठूलो भूमिका छ। तर, वैज्ञानिक अनुसन्धानको कसीमा यिनलाई जाँच्न आवश्यक छ। सेनकालीन र शाहकालीन दस्तावेजहरूमा धेरै ऐतिहासिक तथ्य पाइन्छन्। यद्यपि, यी लिखतहरू पूर्ण रूपमा वस्तुपरक छैनन्। पुराना लेखकहरूले तत्कालीन शासकलाई खुसी पार्न इतिहास लेखे। त्यसैले वंशावलीहरूमा सत्य र मिथक (Myth) मिसिएका छन् (Whelpton, 2005)। यस लेखले नेपाली…

  • |

    नेपाली लेखकका अवसर, चुनौती र बौद्धिक जिम्मेवारी

    डा. नवराज सुब्बा आजको नेपालमा लेखक हुनु पहिलेको जस्तो एकान्त साधना मात्र रहेन। लेखक समाज, प्रविधि, बजार, राजनीति, भाषा र पाठकको बदलिँदो रुचिबीच काम गरिरहेको छ। पहिले पुस्तक लेखेपछि प्रकाशक खोज्नुपर्थ्यो। छापिएपछि पाठकसम्म पुग्न लामो समय लाग्थ्यो। अहिले लेखकले आफ्नै पुस्तक तयार गर्न, प्रकाशित गर्न, अभिलेखमा राख्न र संसारभरका पाठकसम्म पुर्‍याउन सक्छ। तर अवसर बढेसँगै…

  • फर्किन नसकिने बाटो

    कथाडा. नवराज सुब्बा बेलायतको त्यो सानो सहरमा बिहान ढिलो उज्यालो हुन्थ्यो। झ्यालबाहिर धुम्म कुहिरो लाग्थ्यो, सडक चिल्ला तर सुनसान। घरअगाडि आँगन वरपर घाँस बराबर काटिएको। पर परसम्म उस्तै उस्तै देखिने घरहरू। उस्तै ढोका। उस्तै झ्याल। वीरबहादुर बिहान पाँचै बजे उठ्थे। नेपालमा हुँदा पनि उनको बानी त्यही थियो। यहाँ आएपछि पनि फेरिएन। उनी चिया पकाउँथे। बिजुलीको…

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • मुन्धुमी सौन्दर्यको जीवन्त सेतु: साम्बादेखि येबासम्म

    (निबन्ध) डा. नवराज सुब्बा पहाडको थुम्कोमा साँझपख घाम ओझेल पर्दै गर्दा कतै टाढाबाट च्याब्रुङको मन्द आवाज सुनियो भने बुझ्नुहोला—मुन्धुमले आफ्नो सुसेली हाल्न सुरु गर्यो। मुन्धुम भनेको कुनै दराजमा थन्किएको पुरानो किताब होइन, न त यो कुनै निर्जीव अक्षरहरूको थुप्रो नै हो। यो त हाम्रो सास फेर्ने शैली हो। तर, यो मुन्धुम त्यसै हावामा भने बाच्दैन।…

  • |

    गाउँको पाटीबाट

    — डा. नवराज सुब्बा परिचय पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङलाई साधारण रूपमा हेर्दा पनि यो ठाउँ प्रतिभाको भण्डारजस्तै लाग्छ। यहीं जन्मिएका धेरै सपूतहरूले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए। कोही राजनीतिमा, कोही प्रशासनमा, कोही सेवामा समर्पित भएर आफ्नो भूमिकामा उज्यालो थपिदैं गए। ती सबैको नाम यस सानो लेखमा समेट्नु सम्भव छैन। यस लेखको मुख्य उद्देश्य…