टिप
फूल
या पात
भाँच हाँगा
या बोटलाई
म रूँदिन अब
झार्दिन आँशु पनि
बरु काट अरू
टुक्राउ र बनाऊ

एउटा सुन्दर घर
र सक्छौ भने
सम्झनामा
नडराई ठोक
अझै किलाहरू
काठ या छातीमा
झुन्ड्याइ देऊ कतै
प्रेम गर्दा रहरले
लुकेर खिचेका अनि
एतिञ्जेल थन्क्याइएका
गुम्सेका सपना जस्तै
अभागी ती तस्वीरहरूलाई
पनि ।

मुक्तक
Ambulence for Pathari Health Post

Leave a Comment