तिमीले मलाई
एकान्तमा सोध्यौ
भन कता चुमौं ?
मैले ओठ दिएँ
केही छिन चुमेर
तिमीले फेरि सोध्यौ
भन अब कहाँ चुमौं ?
मैले भनें
चुम्ने नै भए
लेख्ने हात चुम
देख्ने आँखा चुम
तर
आज
चुम्न छाडेर
तिमी क्रमसः
बिझाउन थाल्यौ
काँढा बनेर एकनास
घोच्न थाल्यौ मुटुमा
सपना र विपनामा
सायद
छाम्दा छाम्दै नभेटिएको
एउटा ओठ र खुशी
म खोजिरहेछु
कवितामा ।

Polio drops immediately after birth
पेशालाई चिर्दै 'लुकेको रहर' (भोजराज श्रेष्ठ)

Leave a Comment