शहीदलाई सलाम !

सिङ्गो जीवन वलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधै अघि बढ्यौ
स्वतन्त्रता न्याय खातिर लड्दालड्दै मर्‍यौ
यस्त वीर सपुतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

शोषित पीडित जनताको आत्मवल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।

Similar Posts

  • गीत

    पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन…

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

  • असारेगीत

    धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो…

  • |

    Hijo Bhanda Aja Ramro

    ५ हिजोभन्दा आज राम्रो हिजोभन्दा आज राम्रो आजभन्दा भोलि सधैं अघि बढ्ने युवा हामी शक्तिशाली । एकथोपा सुकीजाला हजार भए सागर बहुलताको एकताले समेटिन्छ संसार । जागरिला युवा हामी खेल्छौ नाना खेल रगतको होली होइन पसिनाको भेल । (शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया)

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…

Leave a Reply