Patriotic songs

८ यो ज्यानको माया के माया

यो ज्यानको माया के माया
जन्मेको भूमि ठूलो रैछ
हिमाली छाया देशको माया
परन्तुसम्म लाग्दो रैछ ।

तम्बरैखोला बाढी आयो
माटोको माया उर्ली आयो
परदेशै आए पुलै तरी
गाउँघरको मायाँ गाठै पारी ।

यो मनले आज सम्झिल्याउदा
कर्मैले ल्यायो विदेशैमा
लुङ्ङाज्यू पालाम सम्झिल्याउँदा
फर्कि म आउला स्वदेशैमा ।

(शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) 

Simana Wari Prita Xa Eutai
Chadhdai Jau Shikhar