Patriotic songs

९ चढ्दै जाऊ शिखर

चढ्दै जाऊ शिखर
छोऊ आकाशलाई
विजयको गीतसितै
बाँडौ प्रकाशलाई ।

नलडाऊ कसैलाई
पाइला अघि सारौं
जीत हुन्छ सबैको
मिलीजुली बढौं ।

जति माथि पुगे पनि
मन त यहीँ हुन्छ
देशको यो पुकारलाई
सम्झी छामे पुग्छ ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

Yo Jyanko Maya
Hey Janmabhumi Swarga Hau Timi