५ हिजोभन्दा आज राम्रो

हिजोभन्दा आज राम्रो आजभन्दा भोलि
सधैं अघि बढ्ने युवा हामी शक्तिशाली ।

एकथोपा सुकीजाला हजार भए सागर
बहुलताको एकताले समेटिन्छ संसार ।

जागरिला युवा हामी खेल्छौ नाना खेल
रगतको होली होइन पसिनाको भेल ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया)

Afno Bhagya
Yo Deshma Bachne Man Cha