२. ए बहार !

ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ
आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ ।

कति कति बत्तिहरू बल्न नै सकेन
जलेको यो मुटु भने निभ्न नै सकेन  ।

मनमा फुल्ने फूलहरू सजाउन सकिन
वनमा रम्ने कोइलीझैं गाउन सकिन  ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम: अमूल्य जीवन, वि.स. २०३० सालतिर रचित गीत रचनाकारको पहिलो गीतरचना )

Amulya Jiwan
Sodhna Mana Lagcha Pritam