१. अमूल्य यो जीवन

अमूल्य यो जीवनलाई नफालौं है खेर
दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर ।

धुम्रपान मद्यपान अनि लागुपदार्थ
मानिसको जीवनलाई बनाउँछ ब्यर्थ ।

खेल खेलौं मिलिजुली अनि नाचगान
सिर्जना या समाजसेवा सार्थक जीवन ।

सकारात्मक सोंच राखौं सुन्दर भविष्य
आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग ।

(दुर्व्यसनविरुद्ध गीत – गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक : सुमित् खड्का, एल्बम: अमूल्य जीवन)

Bahar Sanga
Ae Bahar