Bahar Sanga

९  निधारमा टीका

निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन
एकताको चाड दशैं मंगलमय शुभकामना ।

सयपत्री फूल फुल्यो रमाइलो भो आँगन
बाआमाको आशिशसंगै उच्च भयो भावना
परदेशी पनि घर फर्के रमाइलो भो जीवन
एकताको चाड दशैं मंगलमय शुभकामना ।

राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न
मन सबका रमेका छन् जुटेका छन् खेल्न
जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा
एकताको चाड दशैं मंगलमय शुभकामना ।

(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग) download

Bahar Sanga
Amulya Jiwan