|

Dui Dinko Chola

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ४ दुई दिनको चोला

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निरासाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरुलाई बाँडनु ठूलो रैछ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः अञ्जु पन्त, गजल एल्बम– लुकेको रहर)

Similar Posts

  • |

    Mero Euta Ghar

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ५ मेरो एउटा घर मेरो एउटा घर छ लुकेको रहर छ आफन्त बिछोडिदै गएको शहर छ । पुरानो जो थोत्रो सायद म एक हुँ फालिन बाँकी केवल एक पहर छ । हिँडाएँ ताते उसलाई लाठे बनाएँ उसैले प्रहार त्यो गरेको ठहर छ । रोपेको छु फूल हालेकोछु मलजल नसम्झे…

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…

  • |

    Bahar Sanga

    ४विवशताले बाँधिएको  विवशताले बाँधिएको मान्छेको जीवनपिजडाभित्र छट्पटिरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छलम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगीहजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (शब्द– नवराज सुब्बा, स्वर/संगीत– सुर्य थुलुङ, एल्बम– बहारसंग)

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download