२ देशको माया लाग्छ

सबैभन्दा धेरै मलाई देशको माया लाग्छ
मेरा सन्तान भनी रुने देशको माया लाग्छ ।

प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल
सुन्दरताको नाना खानी यही नै छ विशाल
परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ
सबैजना मिलीजुली हिंड्न मन लाग्छ ।

म त जान्न परदेश गाउघर बिर्सी
जन्मिएको हुर्किएको देशबाट उठी
यो देशलाई झिलिमिली बनाउने मन छ
अठोटलाई व्यवहारमा देखाउने मन छ ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- अञ्जु पन्त, एल्बम- देशको माया)

Nepali Nepali Hami Nepali
Deshko Maya