|

Mera Sabai Raharharu

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ६ मेरा सबै रहरहरू

मेरा सबै रहरहरू पूरा भए अब के गरौं
दिक्दार भए मसित सायद सब के गरौं ।

अलिकति बचेको यो ओठको खुशी लेऊ
आएन हात कसैको दुःखमा जब के गरौं ।

आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ
कर्केनजर पो लगाए उल्टै तब के गरौं ।

कामै पर्दा मात्र चाहिने रहेछु एक ढुँगा
बन्यो घर बिर्सियो छैन मतलब के गरौं ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुमित खड्का, गजल एल्बम– लुकेको रहर)

Similar Posts

  • |

    Bahar Sanga

    ६ हाम्रो मोरङ पौराणिक, ऐतिहासिक, राजनीतिक संगमआधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङचेतनाको बीऊ छर्छ कृषिभूमि मोरङहाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगरविराट गौरव समेट्छ यो विराटनगरराजारानी पोखरी जेफालेडाँडा मनोरमबेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारीछाती यसको चौडा छ अवसर बराबरीआर्य, कोच, किरात इतिहास बोक्छ मैदानगौरवपूर्ण यो नाता…

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…

  • |

    Mero Euta Ghar

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ५ मेरो एउटा घर मेरो एउटा घर छ लुकेको रहर छ आफन्त बिछोडिदै गएको शहर छ । पुरानो जो थोत्रो सायद म एक हुँ फालिन बाँकी केवल एक पहर छ । हिँडाएँ ताते उसलाई लाठे बनाएँ उसैले प्रहार त्यो गरेको ठहर छ । रोपेको छु फूल हालेकोछु मलजल नसम्झे…

  • |

    Himalaima Hiun

                    १ हिमालैमा हिउँ  हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमाकुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलैढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतैहो नि हुन…

  • |

    Chadhdai Jau Shikhar

    ९ चढ्दै जाऊ शिखर चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

  • |

    Sakchhi Chhaina Praman Xaina

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के…