१० हे ! जन्मभूमि स्वर्ग हौ तिमी 

हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटल
सन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल ।

शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमाल
मेची र काली रमाई गाउँछन् यही देश विशाल
यो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्ति
हे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल ।

बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महान
सबै जातजाति सम्पूर्ण धर्म उच्च र समान
बगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियोस्
जय होस् आमा सुन्दर गौरव जय होस् नेपाल ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- वाशु लामा, स्वर- वाशु लामा, विकेश विश्वकर्मा, सुनिता कटुवाल, बिमला राई, डि.बी. राई, एल्बम- देशको माया)

Chadhdai Jau Shikhar
सहिदलाई सलाम