|

Afno Bhagya

४ आफ्नो भाग्य आफै लेख्‍ने दिन

आफ्नो भाग्य आफै लेख्‍ने दिन आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

उर्ली आयो सललल समावेशी स्वर
जनताको शक्ति आहा कति सुन्दर
देशको माया नशा रैछ मात लागेको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।

फर्केको छ हिमाल हेर पहाड मधेशतिर
मेची काली बगेका छन् लय समातेर
आफ्नो गीत आफै लेख्ने बेला आएको छ
लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ ।
(शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया)

Similar Posts

  • |

    Sagar Bhanda Gahiro

    ६. सागरभन्दा गहिरो सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • Nepali Modern Songs

    एल्बम- अमूल्य जीवन १. दुर्व्यसनविरुद्ध गीत अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक :…

  • |

    Chadhdai Jau Shikhar

    ९ चढ्दै जाऊ शिखर चढ्दै जाऊ शिखरछोऊ आकाशलाईविजयको गीतसितैबाँडौ प्रकाशलाई । नलडाऊ कसैलाईपाइला अघि सारौंजीत हुन्छ सबैकोमिलीजुली बढौं । जति माथि पुगे पनिमन त यहीँ हुन्छदेशको यो पुकारलाईसम्झी छामे पुग्छ । (शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया)

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    Himalaima Hiun

                    १ हिमालैमा हिउँ  हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमाकुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलैढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतैहो नि हुन…