|

Simana Wari Prita Xa Eutai

Patriotic songs

७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै

सिमाना वारि सिमाना पारि प्रीत छ एउटै
सुखमा हास्ने दुःखमा रुने छ गीत एउटै ।

लहरा समाई पहरा नाघ्दै उक्लिए आगन
पैल्याई नाता मायाको चिनो ल्याएको साट्न
डा“डा है वारि डाडा है पारि झरेको शीत जस्तै
सुखमा हास्ने दुःखमा रुने छ गीत एउटै ।

दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमाना
मनको पुल तरेर आए मेटनलाई तिर्सना
खोला है वारि खोला है पारि मनको पुल तर्दै
सुखमा हास्ने दुःखमा रुने छ गीत एउटै ।

(शब्द रचना- नवराज सुब्बा, संगीत तथा स्वर- साजन राई, एल्बम- देशको माया)

Similar Posts

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…

  • |

    Simalako Bhuwa

    ४. सिमलको भुवासरी सिमलको भुवासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । मन पुग्छ रनवन सङ्गी डाक्दै होला वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला काटिएको चङ्गासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो झरनाको पानीसरि झर्छ मेरो मन खस्नु…

  • |

    Junai Akash Muni

    (३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । सात समुन्द्र तरें अनगिन्ति रात गनें घर फर्कने त्यो दिन नखोसि देऊ भनें जता पुगे’नी…

  • |

    Aruko Lakha Aamako Kakha

    (५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का,…

  • |

    Himalaima Hiun

                    १ हिमालैमा हिउँ  हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमाकुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलैढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतैहो नि हुन…

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…