Bahar Sanga

३ गमलाको छातीभरी

गमलाको छातीभरी फुल्यौ आहा जीवनभरी
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी ।

गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊ
पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ ।

बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊ
ढल्की जान लागेको बैंशलाई फर्काइ देऊ ।

(शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

Bahar Sanga
Bahar Sanga