फेसबुकबाट पुस्तक बिमोचन

सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो ।

  • विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा मानिसको अमूल्य समय र स्रोत बचाउन सकिन्छ । सभा, समारोह र सम्मेलन गरेर साहित्यिक गतिविधि गर्ने परम्परागत सोंचलाई फराकिलो बनाउनु समयको माग हो ।” भनेर बताउनु भयो ।

    समालोचना संग्रहमा कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमाथि डा. कृष्णप्रसाद दाहाल, डा. बद्रीविशाल पोखरेल, लीला लुईटेल, देवी पन्थी, सुरेश प्राञ्जलीका समालोचना र बैरागी काइँला, डा. तुलसी भट्टराई, डा. बेञ्जु शर्मा, दधिराज सुबेदी, देवी पन्थी, बद्री पलिखे, शैलेन्द्र साकार, ध्रुव मधिकर्मी, हरिप्रसाद बराल, जगत प्रेक्षित, गांधीराज काफ्ले, हिंडपाली साइँलो, रश्मिशेखर, खगेन्द्र पन्धाक लिम्बू, माया पकुवालका समालोचना, समीक्षा तथा टिप्पणी संग्रहित छन् ।
    कृतिभित्रका रचना नेपाली र अंग्रेजी भाषामा भएको र प्रवासमा बसेका नेपालीहरूका मन्तव्य, समीक्षा तथा टिप्पणीहरूलाई समेत कृतिमा समावेश गरिएको छ । उक्त कृति www.nrsubba.com.np ले प्रकाशित गरेको हो ।

    पुस्तक डाउनलोड गर्न सकिन्छ  थिच्नुहोस 
  • Similar Posts

    • विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

      विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे।…

    • शुभकामना गीत लोकार्पण

      २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

    • शुभकामना !

      शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

    • अमूल्य जीवन लोकार्पण

      माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।

    • छठपर्व विदामा अनाथाश्रम

      २०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर  बिदा मागियो ।

    • कदर पत्र प्रदान

      २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

    Leave a Reply