बालदिवसमा कविता

भाद्र २८, २०६७ विराटनगर । बाल दिवसको उपलक्ष्यमा विराटनगरमा विद्यालयस्तरीय कविता प्रतियोगिताको आयोजना गरियो । शिशु सेवा समिति विराटनगरद्वारा आयोजित प्रतियोगितामा बिकेबिएमका छात्र अङकुर रेग्मी प्रथम, सोही विद्यालयका सृष्टि उपाध्याय द्वितीय र भानु मेमोरियलका दीपेन्द्र राना तृतीय भएका छन् । प्रतियोगितामा आदर्श बालिका विद्यालयकी सीमा साहले… सान्त्वना पुरस्कार प्राप्त गरिन् । साहित्यकार नवराज सुब्बाले विजयी छात्रछात्राहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे ।

समितिकी अध्यक्ष मञ्जुश्री रिजालको सभापतित्वमा समन्न प्रतियोगितमा कवि विवश पोखरेल र गंगा सुबेदीले प्रतियोगितामा निर्णय गरेका थिए । प्राज्ञ कृष्णभूषण बल, प्रा.डा. खगेन्द्र आचार्यले प्रतियागिता र बाल दिवसबारे बोलेका थिए । कार्यक्रममा सरला चापागाई, मीना जोशी, रामप्रसाद खतिवडा लगायतको उपस्थिति थियो ।

Similar Posts

  • हामी पहिले नेपाली लोकार्पण

    कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।

  • TU 41st Convocation Day

    TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.   …

  • कृति पुरस्कृत

    पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • प्रतिबिम्ब भाग- २ भिडियो विमोचित

    असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो । आफ्नो ५०…

Leave a Reply