राष्ट्रिय एकता दिवस भव्य

पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा. बद्रिविशाल पोखरेल र साहित्यकार नवराज सुब्बा रहेको कार्यक्रममा स्थानीय वुद्धिजीवि, प्राध्यापक, शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिहरुले बोलेका थिए ।

प्रा.डा. टँक न्यौपानेले नेपालको एकिकरण नभएको भए आज हामी नेपाली भएर रहने थिएनौं भन्नुभयो । उहाँले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै इतिहास पात्रका राम्रा र नराम्रा दुवै कामको बिना पूर्वाग्रह मूल्याङ्कन हुनपर्छ भन्नुभयो । प्रा.डा. बद्रीविशाल पोखरेलले पृथ्वीनारायण शाह सामान्तविरोधी तथा साम्राज्यविरोधी थिए भन्नुभयो । साहित्यकार नवराज सुब्बाले सबै जातको साझा फूलबारी हाम्रो देशलाई सबै नेपालीको राष्ट्र बनाउन साँस्कृतिक एकता बलियो बनाउन साहित्य र कलाको माध्यमबाट पनि टेवा दिने बेला आएको बताउनु भयो ।

इटहरा मोरङमा सञ्चालित कार्यक्रमलाई वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रीत, प्रा.डा. कृष्णहरि बराल, प्रा. जयराज आचार्यद्वारा एकता दिवस सफलताको लागि पठाइएका शुभकामनापत्रहरु कार्यक्रममा वाचन गरिएको थियो । शिक्षक थिरनाथ दाहालको अध्यक्षतामा भएको समारोह गीतकार युवराज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Similar Posts

  • यात्रा आधा शताब्दीको सार्वजनिक

    असार १९, विराटनगर । साहित्यकार नवराज सुब्बाले आफ्नो तेस्रो कवितासङ्ग्रह “यात्रा आधा शताब्दीको” हालै विराटनगरमा एक समारोहमा सार्वजनिक गर्नुभयो ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

Leave a Reply