|

The emotional drama is just too much

Dr. Nawa Raj Subba

Nowadays there is a growing trend of collecting votes by showcasing the poignant aspects of family relationships and playing with emotions in the process of presenting reality shows such as singing, dancing, comedy. Networks in Nepal are good at copying Indian networks. That has distracted attention from assessing the contestants’ unique talents. It will increase the television audience but the reason for which the program is shown will only serve as a serial for entertainment. Touch the contestant’s pulse, instead of linking up more positions.

भावनाको नाटक ज्यादा भो ।
 डा. नवराज सुब्बा

आजकल गायन, नृत्य, कमेडी जस्ता रियालिटी सो देखाउने क्रममा पारिवारिक नातासम्बन्धका मार्मिक पाटा देखाएर भावनासित खेल्दै सम्बन्धित प्रस्तुतिबाट भन्दा अन्य विषयले भावना उरालेर मत बटुल्ने चलन बढेको छ । भारतीय च्यानलको हुबहु नक्कल गर्न नेपालका च्यानल खप्पीस भएका छन् । यसबाट प्रतियोगीको खास प्रतिभाको परख गर्नुभन्दा पनि अन्यत्र ध्यान मोडिएको छ । यसले टेलिभिजनको दर्शक बढ्लान तर जुन उद्देश्यले कार्यक्रम प्रस्तुत गरिएको हो त्यो केवल मनोरञ्जनात्मक सिरियल झैं व्यापार मात्र गर्नेछ । ज्यादा भूमिका बाँध्ने काम भन्दा पनि प्रतियोगीको नाडी छाम्ने काम गरियोस् ।

Similar Posts

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

    विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे।…

  • प्रथम मारवाडी कविगोष्ठी

    अक्टुबर १४, २०१० बिराटनगर नेपाल । नेपाल मारवाडी सांस्कृतिक मञ्चद्वारा विराटनगरमा प्रथम मारवाडी कविगोष्ठी आयोजना गरियो ।

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.