विराटनगरमा महिला स्वास्थ्य स्वयंसेविका भेला सम्पन्न

२१ चैत्र २०६६, विराटनगर । महिला स्वास्थ्यस्वयंसेविका हित संरक्षण मञ्च विराटनगरको दोश्रो वाषिर्क साधारण सभा आज सम्पन्न भयो । सभामा विराटनगर उपमहानगरपालिका क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग मञ्चले सहकार्य गरि वालस्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोग लगायतका क्षेत्रमा जनचेतना फैलाउने कार्यलाई तीव्रता दिने योजनाबारे जानकारी गराइयो । सो अवसरमा आगामी चैत्र २८ र जेठ १ गते हुन गईरहेको यस वर्षो पहिलो र दोश्रो चरणको राष्ट्रिय पोलियो खोप दिवस सफल बनाउने प्रतिवद्धता समेत व्यक्त गरियो ।

मञ्चकी अध्यक्ष भानु लुइँटेलको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथी तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले कार्यक्रमको उद्घाटन गर्दै मञ्चको साधारण सभालाई शुमकामना दिनु भयो । कार्यक्रममा विराटनगर उपमहानगरपालिका स्वास्थ्य विभागका दशीलाल माझी, नेपाल क्षयरोग निवारण संस्था नाटाका सभापति सुवर्ण्र्ाात जोशी, ओरेककी प्रतिनिधि रुपा भट्टर्राई, एक्सन एडका प्रतिनिधि दिलबहादुर नेपाली, पत्रकार मधु र्राईले पनि बोल्नु भएको थियो ।

करिव ५ वर्षम्म विराटनगरमा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्नु भएकी हीरा पोखरेल कामविशेषले अन्यत्र जानुपर्ने भएकाले उहाँलाई स्वयंसेविका हित संरक्षण मञ्च विराटनगरको तर्फाट “मायाको चिनो” उपहार दिई हार्दिक विदाई पनि गरिएको थियो । विराटनगरमा हाल ९७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत् छन् ।

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply