शिव सीमाभन्दा पर

शिव सीमाभन्दा पर

— डा. नवराज सुब्बा

शिव सीमाभन्दा पर… लेख्नुपरेको कारण

शिव सीमाभन्दा पर: प्रोटो-शैववादको विश्वव्यापी यात्रा — दार्शनिक, प्रतीकात्मक, र सांस्कृतिक तुलनात्मक अनुसन्धान

आजको विश्वमा धार्मिक तथा सांस्कृतिक बहसहरू प्रायः क्षेत्रीय दृष्टिकोणमा केन्द्रित भइरहेका छन्। तर मेरा लागि सधैं एउटा प्रश्न उठिरहन्थ्यो—“के कुनै पनि धार्मिक अवधारणा केवल एउटै भूगोल र सभ्यताको उत्पादन हो?” यही प्रश्नको मूलबाटो खोतल्दै म “शिव” भन्ने अवधारणासम्म आइपुगेँ।

शिव केवल एक हिन्दू र किरात देवता हैनन्; उनी एक अवधारणा हुन्, एक चेतनाको प्रतिनिधि, जसको रूप, प्रतीक, र दर्शन विभिन्न सभ्यताहरूमा फरक–फरक नाम र प्रतीकमा देखा परेका छन्। मलाई लाग्यो—हामीले शिवलाई केवल वैदिक–पौराणिक परिप्रेक्ष्यमा मात्र बुझ्दै आएका छौं, जबकि शिवका लक्षणहरू प्राचीन अफ्रिका, इजिप्ट, मेसोपोटामिया, लेवान्ट, र सिन्धु–हड़प्पा सभ्यतासम्म फैलिएर रहेका छन्।

उद्देश्य

पुस्तक लेख्नुपरेको प्रमुख उद्देश्य यही थियो—शिवको अवधारणालाई एक ‘विश्वव्यापी सांस्कृतिक चेतना’ को रूपमा पुनःस्थापित गर्नु। मैले यस पुस्तकमा विभिन्न सभ्यताका प्रतीकहरू, पुरातात्त्विक प्रमाणहरू, अनुष्ठानहरू, देवी–देवताका स्वरूपहरू, र ध्यान–योग परम्पराहरूको तुलनात्मक अध्ययन गरेको छु। यसबाट शिवदर्शनको गहिरो अन्तःसांस्कृतिक प्रभावलाई उजागर गर्ने कोसिस गरिएको छ।

उपयोगिता

पाठकहरूले यस पुस्तकबाट तीन किसिमको लाभ लिन सक्नुहुन्छ:

१. दार्शनिक र प्रतीकात्मक दृष्टिमा गहिराइ — शिव–दर्शन केवल पूजा–अर्चनाको विषय होइन; यसमा योग, ध्यान, त्रिद्वन्द्ववाद, ब्रह्माण्डीय शक्ति र चेतनाको संरचना समेटिएको छ।

२. ऐतिहासिक र पुरातात्त्विक प्रमाणहरूको सन्दर्भमा अनुसन्धान — यो पुस्तक केवल धारणा होइन, प्रमाणमा आधारित विश्लेषण हो। हड़प्पा छापदेखि इजिप्टका देवता मिन, वा सुमेरका एनकीसँग शिवको तुलनात्मक दृष्टिकोणले पाठकलाई गहिरो अध्ययनमा प्रवेश गराउँछ।

३. समकालीन सन्दर्भमा उपयोगिता — धार्मिक बहुलताको वर्तमान बहसमा शिव–दर्शनले समन्वयको ढोका खोल्न सक्छ। शिवको सार्वभौमिक प्रतिमालाई बुझ्नाले हामी धर्महरूबीचको साझा धागो फेला पार्न सक्छौं।

म विश्वास गर्छु—धर्महरू टकराउने विषय होइनन्; तिनीहरू साझा स्मृतिको भिन्न अभिव्यक्तिहरू हुन्। यस पुस्तकले पाठकलाई यही बोध गराउनेछ।

जाँदाजाँदै

अन्त्यमा, यो पुस्तक अनुसन्धानकर्ता, संस्कृतिविद्, दार्शनिक चिन्तक, प्रतीकशास्त्र अध्येता र धार्मिक एकता खोज्ने सबैका लागि एक सशक्त स्रोत बन्नेछ।
पाठकहरूको जिज्ञासालाई सम्मानपूर्वक आमन्त्रण गर्दै, यो कृति तपाईंहरूमाझ अर्पण गरेको छु।

Shiva Beyond Borders: The Cross-Cultural Evolution of Proto-Shaivism

Publications

Thuprai

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.