संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् ।

जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै माध्यमहरू खोज्यो र सुन्दर कलाको जन्म भयो । गुफामा भेटिएका ओढारभित्र कुँदिएका चित्रहरू ढुँगेयुगका मानवीय संवेदनाका कलात्मक अभिव्यक्ति हुन् । उनीहरूले माटोमा, पातमा, बोटको फेदमा पनि आफ्ना भावनालाई कोरे वा लेखे होलान् । आफ्ना चिन्ह पछिसम्म अरूहरूले पनि हेरून् भनेर नै सायद कडा ढुङ्गाको भित्तामा चित्र कुँदे होलान् जो स्वाभाविक मानवीय आकांक्षा पनि हो । जसले मानव सभ्यताको विकासमा सहयोग पुगेको पनि छ । मानवीय संवेदना जस्तै मिलन, विछोड, मृत्यु, खुशी, अर्थात् नदीको आवाज, चराको गीतबाट मानिस प्रभावित भएर केही कोर्न थाले, प्राकृतिमा इन्द्रेनी झुल्केपछि, मयूर नाचेपछि या जनावर वा चराको नृत्य देखेपछि मानिसले पनि नाच्न सिके । आज हामीले प्राप्त गरेका लोकगीत अर्थात् लोकनृत्य अर्थात् कला र साहित्य यिनै संवेदना र संवेदनशीलताबाट हाम्रो मानव सभ्यतामा हस्तारित र विकासित हुँदै आएको मानवीय उपज र बौद्धिक सम्पत्ति हुन् ।

यही सिर्जना वा कलालाई थप आकर्षक पार्ने निहुँमा आज कलालाई क्रमसः बजारिकरण गरिदैछ  । कला र साहित्यलाई ग्ल्यामर भन्दै अखबारका पाना र काँचका पर्दामा हुलेर घुमाउरो पाराले व्यापार बढाउने कुटिल हातहरू खेलाइदैछ । ऊ मीठो स्वरमा भन्छ– यो ‘ग्ल्यामर’ हो । अरूभन्दा सजिलै पट्याउन सकिने किशोर किशोरी र युवावर्गलाई यसले लक्ष बनाएको हुन्छ । हात लिएपछि भविश्यमा लामो अवधिसम्म उपयोग गर्न सकिने उमेरसमूह अर्थात् किशोरकिशोरी या युवालाई यसले केवल सुन्दरता, शब्दजाल, रंगको मिश्रण, बैंशको प्रदर्शनलाई नै कला र साहित्य हो भनेर परिभाषित गरिदिएको छ । र गर्भमा बसेको संवेदना अथवा संवेदनशीलतालाई लात हानिदिएको छ आजको बजार र बजारिकरणले ।

सुमा ! एक कम्लहरीको नाम । उनको समाचार छाएको छ, केही अखबारमा । एउटा गतिलो दृष्टान्त भेटें समाचार भित्र । उनलाई अमेरिकाका ठूला राजनीतिज्ञ, हलिउडमा ओस्कर विजेता कलाकारहरूले बोलाए, भेटे, देखे नेपालको मात्र हैन मानव जातिलाई दुख्ने एउटा पीडा । यसैको आडमा मभित्र निकै लामो समयसम्म मनमा एउटा कुण्ठित आग्रहलाई अवधाराणात्मक खाका अर्थात् कन्सेप्चुयल फ्रेममा ढालेर प्रस्तुत विडम्वनाप्रति यस आलेखमार्फत् प्रतिक्रिया जनाउँदै छु । वास्तवमा, सुमा असली गीतकार, संगीतकार र गायिका हुन् । अर्थात् उनी ठेट साहित्यकार र कलाकार हुन् । उनको स्वरमा उनी आफै बोल्छिन्, उनको शब्दमा उनी आफै बोल्छिन् अर्थात् उनको सिर्जनामा उनी आफै बोल्छिन् । उनी कम्लहरीका वास्तविक प्रतिनिधि पात्र हुन् । उनको चालढालमा कुनै अभिनय छैन बनावटीपन छैन । जसको सिर्जनाले आज नेपालमा हैन बरु सात समुन्द्र पारी बस्ने संवेदनशील मन र कला पारखीबीच महत्व पायो र बजार पायो । मैले आजसमम कुनै रेडियोबाट उनको गीत सुनेको छैन । उत्ताउला र भड्कीला गीत र संगीतले उनको आवाज र गीतलाई छोपेको हुनसक्छ । यसरी ग्लैमरको ब्यापारले पूरै पेलेको छ कैयौं सुमाका आवाज र मानवीय संवेदनाहरूलाई । संक्षेपमा भन्नु पर्दा, आज यसरी नै सुमा, सुमाहरू र कलाको गला जताततै रेटिएको छ ।

आजका नेपाली बजारले जतिसुकै पश्चिमेली सभ्यता र शैलीको नक्कल गरे पनि स्वयम् पाश्चात्य जगतले हामीबाट कमसेकम सिर्जनामा त्यो चाहेका होइन रहेछन् यसैले पश्चिमेली कलाकार, साहित्यकार र राजनीतिज्ञ उनै सुमालाई नै बोलाए र उनका गीत सुने, उनको कला हेरे, जीवन हेरे र भावविभोर भए । यसले के सन्देश दिएको छ ? एकपटक सोचौं । हाम्रो मौलिकता, कला र संवेदनालाई संसारले हेर्न चाहन्छ न कि ग्लैमरलाई । हामी ग्लैमरबाट छिरेर सिर्जना हुँदै संवेदनामा पुग्न किन सकेनौं ? म नेपालमै छु तर मैले नेपाली संचारमाध्यमबाट सुमाको आवाज आजसम्म सुन्न पाइन, दुःखी छु, तर यही आवाज पाश्चात्य जगतले म भन्दा पहिले सुनेको छ र यसको समाचारसम्म पढ्न पाएँ, म यसैमा धन्य छु ।

जेहोस्, सुमाको भावना एकपटक मैले छाम्ने प्रयास गरें कवितामा । यही क्रममा मैले ‘कम्लहरी’ कविता लेखेर  ‘बीच बाटोमा ब्यूँझेर’ कवितासंग्रहमा २०६५ सालमा प्रकाशित गरेको थिएँ । उप्रान्त, म अझै पनि सुमाको आवाज पढ्न चाहन्छु, उनको जीवनको कला हेर्न चाहन्छु, सुमाका दमित आवाज सुन्न चाहन्छ् । यसैले उनको सुन्दर गीत र नयाँ अनुहार म नेपाली साहित्यमा, नेपाली कलाजगतमा र नेपाली संचारमाध्यममा निरन्तर खोजिरहेछु ।

..

Similar Posts

  • गीतको माया (अनुभूति) नवराज सुब्बा

    गीत लेख्नुको आनन्द वा गीत सुन्नुको आनन्दको मात्र कुरा गरियो । अब गीत लेख्नुको पीडा पनि कोट्याँउछु है ! निकै वर्ष अघि विराटनगरको एकजना साहित्यकारले मसित एउटा गीत मागे— कुनै एक बालकलाकारको एल्बम निर्माणको लागि । मैले द्वन्दकालीन अवस्थामा बालबालिकाहरूद्वारा विद्यालयलाई शान्तिक्षेत्र बनाइयोस्, कृपया खेलमैदान परेडमैदान नबनाइओस् भन्ने आव्हान भएको बालगीत उनलाई दिएँ । केही…

  • हारमोनियमको नशा (संस्मरण)

    हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…

  • रक्सी, चामल र खुशी (गफ)

    कुरा त्यस्तै वि.स.२०५४ सालतिरको हो भन्छन् लामिछाने । उनी गफलाई रोमाञ्चित बनाउँदै भन्छन्– पहाडि जिल्ला भोजपुर जाने सिलसिलामा दिनभरि हिंडेर साँझ बल्ल पुगियो दिदीबहिनी डाँडामा तर खानलाई भने केही छैन भनेर पसलेहरूले बताए पछि उनका साथी रुम्दाली र उनी निरास भए । त्यहाँ डाँडामा भएका दुइतीन घरमा बुझ्दा कतै पनि खाना पकाउनको लागि चामल वा…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…

  • गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

    कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको…

Leave a Reply