समता साहित्य प्रतिष्ठानको स्थापना

<
फागुन ११, २०७४ विराटनगर ।
ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ । हालै विराटनगरमा एक समारोहमा प्राज्ञ खेम नेपाली, समता साहित्य परिवारका देबी पन्थी र अध्यक्ष सुब्बाले संयुक्त रुपमा प्रतिष्ठानको समुद्घाटन गरे ।
समारोहमा विराट साहित्य संगमका बलराम पोखरेल, हिडपा साहित्य परिवारका श्याम अधिकारी, भानु कला केन्द्रकी माया पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका रामबाबु दाहाल, अन्तर्राष्ट्रिय जनलेखक संघ नेपालका मधु पोखरेल, गुभाजु प्रतिष्ठानका मानबहादुर बज्राचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बहुभाषा कविगोष्ठीको पनि आयोजना गरियो । मातृभाषा मैथिली, थारु, राई, लिम्बू, हिन्दी, संस्कृत र नेपाली भाषामा कवितावाचन गरिएको थियो । कविहरु मधु पोखरेल, सरिता तुलाधर, पूजा गुप्ता, राजेश झा, कुमार प्रमोद, गायत्रीप्रसाद चापागाई, वशिष्ठ नेपाल, पुलिस विश्वास, चन्द्र कार्की, अर्जुनप्रसाद गुप्ताले आ–आफ्ना रचना सुनाए ।
प्रतिष्ठानले बहुभाषा कवि गोष्ठीको आयोजना गर्ने, नेपालमा बोलिने मातृभाषा साहित्य, संस्कृतिसम्बन्धी अनुसन्धानमूलक जर्नल प्रकाशित गर्नेछ । मातृभाषी स्रष्टा तथा विद्वानहरुलाई प्रतिष्ठानले सम्मान गर्ने पनि जनाएको छ । मातृभाषाको पाठ्यक्रम निर्माण तथा विकास गर्ने कार्यमा सहयोग गर्ने प्रतिष्ठानको लक्ष्य रहेकोछ ।

Similar Posts

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • कृति विमोचन

    भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • शुभकामना गीत लोकार्पण

    २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…