चरा, तिर्खा, पानी र शहर

– नवराज सुब्बा

तिर्खाले ब्याकुल छु
पानी खान आएको थिएँ
तिम्रो घरमा पर्खे तर
मनको ढोका खोलेनौ
यही घरमा पहिले हामी बस्ने
एउटा ठूलो रुख थियो ढलेछ
हामीले खाने फल थियो झरेछ
पानी खाने पोखरी पनि सबै सुकेछ
लुकामारी गर्ने फूलका पोथ्राहरु थिए
सबै मान्छेका वासस्थान शहर भएछ
तिम्रो घरको छानामा पानीको भण्डार छ
त्यो पानीट्याङ्की भन्दा ठूलो मसित प्यास छ
तर मेरा लागि मरुभूमि भो तिम्रो घर
पाहुना झैं म आगन्तुक चरा
आज यही गीत गाइरहेछु
देखाऊ वसन्त कहाँ छ ।


(माघ २८, २०६९ विराटनगर नेपाल)

Similar Posts

  • बौलाहाको बकबक

    देख्दादेख्दै यो देशमा जब बहुदल आयो नेता भकाभक बहुलाए एकदिन गणतन्त्र पनि आयो कोही आत्तिए जनता एकाएक मात्तिए खै के भन्नु सबैले मलाई पागल देख्छन् हा…हा…हा…

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • कम्लहरी

    कम्लहरी

    मलाई
    माघीसँग डर लाग्छ आमा !
    मलाई यो माघमा
    तिम्रो न्यानो काख छाडेर
    महाजनको घरमा
    जान पटक्कै मन छैन !

    भोक लाग्नुको अपराधमा
    आङ ढाक्न खोज्नुको सजायस्वरूप
    जानुपर्‍यो मैले परायाघर

Leave a Reply