Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

माघ २९, २०६९ विराटनगर ।
मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले हात्तीपाइले रोग र अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त शिबिरमा कार्यक्रमको संयोजन शिबिरका तर्फबाट डा. शाक्य र जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट पथरी र शनिश्चरे उपस्वास्थ्य चौकीका इञ्चार्जहरु क्रमसः श्री मुरारी आचार्य र श्री टीका लिम्बूले गर्नु भएको छ । शिबिरमा ६ हजार भन्दा बढीले औषधी खाने योजना रहेको पनि बताइएको छ ।

Similar Posts

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

  • |

    Media is an essential part of Leprosy elimination campaign (Nawaraj Subba)

    Background  I was excited when readers of my articles and poems gave me positive feedback that was written on people affected with Leprosy along with stigma and discrimination. It indicated as readers or listeners are eager to know about different social issues as like stigma prevailing in the society.

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

  • Support for Rehabilitation in Biratnagar Nepal

    सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई…

  • अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु…

Leave a Reply