हारमोनियमको नशा (संस्मरण)

हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे । मैले एक कप चिया र एक अंगालो मायाले उनलाई स्वागत गरें । हाल म आफ्नो गीतसंगीत यात्राको चर्चा गरिरहेको बेलामा एकजना उपयुक्त पात्रसित गाँसिएको एउटा मीठो संस्मरण पनि सान्दर्भिक हुन सक्ला कि ! भनेर केही कोर्दैछु ।

मुक्तक

टुट्न टुट्न खोज्छ टुट्दैन फुट्न फुट्न खोज्छ फुट्दैन नाटक भन्थे हो कि क्या हो !…

मोरङमा ७५ प्रतिशतले हात्तिपाइलेविरुद्ध औषधी खाए

फागुन ३०, २०६८ विराटनगर । गत माघ २१, २२ र २३ गते संचालित हात्तिपाइले रोग विरुद्धको अभियानमा मोरङ जिल्लामा ७ लाख १६ हजार ३ सय २४ जना अर्थात् लक्षको ७५ प्रतिशतले औषधी खाएका छन् । अभियानमा जिल्लाले ९ लाख ६१ हजार २ सय ४७ जनालाई औषधी खुवाउने लक्ष राखेको थियो ।

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा

संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् ।

जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै माध्यमहरू खोज्यो र सुन्दर कलाको जन्म भयो । गुफामा भेटिएका ओढारभित्र कुँदिएका चित्रहरू ढुँगेयुगका मानवीय संवेदनाका कलात्मक अभिव्यक्ति हुन् । उनीहरूले माटोमा, पातमा, बोटको फेदमा पनि आफ्ना भावनालाई कोरे वा लेखे होलान् । आफ्ना चिन्ह पछिसम्म अरूहरूले पनि हेरून् भनेर नै सायद कडा ढुङ्गाको भित्तामा चित्र कुँदे होलान् जो स्वाभाविक मानवीय आकांक्षा पनि हो ।

मेरो निजी अनुभूति र विचार

गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा
यस्तो विज्ञापन बज्न थाल्यो जसलाई परिवारमा बसेर सुन्न वा हेर्न नमिल्ने भो भनेर पत्रपत्रिकामा प्रतिक्रिया आयो । गणतन्त्र आएपछि एउटा यस्तै गीत सुपरहिट भएको छ जसलाई मैले पनि पचाउन सकिराखेको छैन र गीत आउनासाथ रेडियो बन्द गर्न बाद्य भएको छु । कुनै तन्त्र र यो प्रवृत्तिबीच कुनै सम्बन्ध त छैन, केवल कालखण्ड देखाउनमात्र उल्लेख गरें ।