Birkhe’s Wish @ Dashain

बिर्खेको दशैं कामना !
– नवराज सुब्बा

यो दुनियाँमा
दुःख दिने बाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबै सबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई
सधैं हाँस्न सिकाउँछ
मलाई !

बन्द छलेर
बाधा पार गर्दै
जबर्जस्ती कर्फ्यू तोड्दै
सुटुक्क आइपुग्यौ तिमी
यो बिर्खेको घरमा
तिम्रो आगमनमा
म एकैछिन भए पनि
खुसी भएको छु
किनकि !
तिम्रो नाउँमा केटाकेटीले
पेटभरि खान पाएका छन्
यही निहुँमा भुन्टेकी आमाको
मक्किएको धोती फेरिएको छ
केटाकेटीको खुशी दशैं !
तिमी सँधै केटाकेटीसितै खेलिदिए हुन्थ्यो
यो घरमा पाहुना हैन सदस्य झैं बसिदिए हुन्थ्यो ।

 

Similar Posts

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • प्रशंसापत्र

    यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !

  • कर्णालीको आँसु

    डा. नवराज सुब्बा झुल्किएको छैन बिहान अझै,   ओठमा हिउँको कठोर सिप्रा जमेको छ ।   किनकि घामको स्पर्श यहाँ,   समयभन्दा धेरै ढिलो आइपुग्छ ।  यो मन कहिले आशाले तात्छ,   कहिले निराशाको पर्खालमा कठोर बन्छ ।   बाँच्न त बाँचेको छु भन्छु,   स्वासले अझै हार मानेको छैन ।   मेरा पीडा कर्णालीझैँ बगिरहेछ,   नुनिलो भेलमा बिलाइरहेछ ।   एउटा झिनो…

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…